रेलवे चालकको क्षतविक्षत शव फेला परेको छ

9b8959d2-2574-4fbf-9272-d532e6cf008f

कोलकाताः कोलकाताको बिजपुर थानाको पुलिसले कञ्चरापाराको वडा नम्बर २४ बाट एक रेल मजदुरको विकृत शव फेला पारेको छ । बिजपुर पुलिस थानाले आज काँच्रापारा वडा नम्बर २४ स्थित भाडाको घरबाट एक रेल मजदुरको शव फेला पारेको छ । मृत्यु हुनेमा झारखण्ड निवासी ५८ वर्षीय प्रवीणकुमार कुजुर रहेका छन् । उनी घरमा एक्लै बस्थे । आज घरबाट दुर्गन्ध आएपछि स्थानीयले बिजपुर पुलिस थानामा खबर गरेका थिए । खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि लगेको छ। पुलिसले अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement