२ जुलाईः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शनिवार एउटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको म्याचमा नव युक्ता खेलकुद संघ, (मुण्डा)-ले सोनादा पुलिस टीमलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट केशव राईले २ गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।