कालचिनीः तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाईक राज्यसभा सांसद नियुक्त भएपछि अलिपुरद्वार जिल्लाभरि नै तृणमूल समर्थकहरूमा हर्षको लहर छाएको छ। यसैबीच कोलकाताबाट फर्कि आएका प्रकासचीक बडाईकलाई मंगलबार कालचिनी खण्डको तृणमूल कंग्रेसका विभिन्न अञ्चल औं युवा समर्थकहरूको टोलीले अलिपुरद्वार जिल्ला तृणमूल कार्यालयमा पुगेर सम्वर्द्धना जनाउने काम गऱ्यो।
यस अवसरमा बडाईकले उपस्थित नेता अनि समर्थकहरूलाई पञ्चायत चुनाउको जीतको शुभकामना दिए। तिनले आगामी दिनमा पार्टीले धेरै कामहरू गर्नुपर्ने र एनडीए विरुद्ध इन्डिया गठबन्धनको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी औ महासचिव अभिषेक ब्यानर्जीको दिशानिर्देशमा काम गर्नुपर्ने आह्वान गरे। अर्कोतिर तृणमूल छात्र परिषदका नेता हैदर अली अन्सारीले अलिपुरद्वार मात्र नभएर सम्पूर्ण डुवर्सको गौरव जिल्ला सभापति प्रकासचीक बडाईकलाई राज्यसभा सांसद नियुक्त भएकोमा बधाई दिन भेला भएको मन्तव्य पोखे। टोलीमा तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, छात्रा नेता हैदर अली अन्सारी र ट्रेड यूनियन नेताहरूको उपस्थिति रहेको थियो।










