कालचिनीः कालचिनी खण्डको मधु चियाबारीको श्रमिकहरू मंगलबार धरनामा बस्यो। गत २२ जुलाईको दिन वेतन हुनपर्ने तर २५ जुलाई बित्दा पनि वेतन दिने कुनै छाँटकाँट प्रबन्धनपक्षले नदेखाउँदा श्रमिकहरू धरनामा बसेको बताईएको छ। श्रमिकहरूले बिहान कमानको मेलामा गएर टिपेको पत्ती साथमा ल्याएर बिहान ९.३० बजी कमानको कार्यालय अघि धरनामा बसेको थियो।
तर कमान प्रबन्धनपक्षले काममा ढिलोगरी गएकोले पत्ती स्वीकार नगरीने भनेपछि झन श्रमिकहरू उत्तेजित बनेको थियो।
यता कमानको ट्रेड यूनियन नेताहरूले श्रमिकहरूको वेतन समयमा पनि नदिने र टिपेको काँचो पत्ती स्वीकार नगर्ने विषयमा प्रबन्धकसित कुराकानी गर्दा मालिकसित कुराकानी गरेर समस्या समाधान गरिने आश्वासन दिएको जनाएका छन्।