२५ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मजुआ फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा मंगलवार भएको उद्घाटन म्याचमा मजुआ फूटबल क्लबले गत सालको विजेता ब्राइट स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट दुवै गोल उज्जल शीलले गरे। उनले २३औं र ६२औं मिनटमा गोल गरे। यसरी ब्राइट स्पोर्टिंग क्लबबाट राणा रोयले ५१औं मिनटमा गोल गरे। म्याच जिताउने २ गोलको निम्ति विजेता टीमका उज्जल शीललाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। बुधवार खेलिने म्याचमा आयोजक सालुगढ़ा नेत्र बिन्दु संघ र सिलगढ़ी सिटी फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ।

यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










