कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत रहेको दलपचन ग्राम पञ्चायत पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झोलीमा परेको छ। पाँच सदस्यीय पञ्चायत रहेका दलपचन ग्राम पञ्चायतमा भागोप्रमोले २, बिजेपीले २ र १ जना स्वतन्त्र उम्मेदवारले चुनावमा जीत हाँसिल गरेका थिए। सोही पञ्चायत चुनाव परिणामपछि आज गाउँका समाज र स्वतन्त्र पञ्चायत सदस्या रजनी तामाङले भागोप्रमोलाई समर्थन गरेकी छिन्। उनी क्षेत्रीय सभासद दावा तेन्जी शेर्पाको उपस्थितिमा पार्टीमा सामेल भएकी छिन्।

ज्ञात रहोस् आज दलपचन ग्राम पञ्चायतमा भागोप्रमोले बोर्ड गठन गरेका छन् भने रजनी तामाङ दलपचन ग्राम पञ्चायतको प्रधान भएकी छिन्।