खरसाङका विधायकद्वारा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण

IMG-20220702-WA0163.jpg

खरसाङ: मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका खरसाङको गौरी शंकर चियाबारी निवासी विधान राईको पार्थिव शरीर उनको पैतृक घर ल्याइएको छ। उनको पार्थिव शरीर घर ल्याउँदा खरसाङका विधायक बीपी बजगाई पनि शहीद विधान राईलाई श्रध्दाञ्जली अर्पण गर्न पुगेका थिए। उनले यो घटनाले आफु धेरै भाव विह्वल बनेको बताउँदै श्रध्दाञ्जली अर्पण गर्दै गहिरो शोक समवेदना प्रकट गरेका छन् । उनले यो घटनाले देशलाई नै क्षति पुगेको बताउँदै आफुले समय पाएसम्म प्रत्येक घरमा पुगेर श्रध्दाञ्जली अर्पण गर्ने बताएका छन्। खरसाङका विधायक बीपी बजगाईले शहीद जवानहरूलाई भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारलाई ईश्वरले सहने शक्ति प्रदान गरून् भन्दै आफुसित श्रध्दाञ्जली भन्ने कुनै शब्द नभएको किनभने एकैचोटि यत्ति बेसी जवानहरू शहीद भएका छन् र त्यसमा हाम्रो गोर्खे जवानहरू बेसी परेको बताएका छन्। विधायक बीपी बजगाईले जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई म बाघडोगरा हवाई अड्डा र सैनिक स्टेशन बेङ्गडुबी पनि गएको थिए भन्दै गोर्खाहरू जहिले पनि देशको सीमामा देशको रक्षमा गर्दा गर्दै शहीद हुन्छन् र यसपाली पनि गोर्खा जवानहरू ड्युटीको समय नै प्राकृतिक आपदामा परेर शहीद बनेका छन् भनी बताएका छन्। उनले आफु खरसाङको गौरी शंकर निवासी शहीद विधान राईको घरमा श्रध्दाञ्जली अर्पण गर्न आएको र जतिसक्दो आफुले भ्याएसम्म शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्न पुग्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement