खरसाङ: खरसाङको मन्टिभियट रोडस्थित साक्य कुङ्का शेडुप लिङ गुम्बामा स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त स्वास्थ्य जाँच शिविर यस गुम्बा, खरसाङ महकुमा अस्पताल र खरसाङ नगरपालिकाको सहयोगमा सम्पन्न गरिएको छ। उक्त स्वास्थ्य शिविरमा साक्य कुङ्का शेडुप लिङ गुम्बामा अध्ययनरत् नानीहरूका स्वास्थ्य जाँच गराइएको छ। उक्त स्वास्थ्य जाँच शिविरमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बा, खरसाङ महकुमा अस्पतालको स्वास्थ्य अधिकारी बिजय सेञ्चुरीले स्वस्थ्य सम्बन्धमा वक्तव्य राखेका थिए।

शिविरमा खरसाङ महकुमा अस्पकालको डाक्टरहरू, नर्सहरू, स्वस्थ्यकर्मीहरू, आँगनवाडीकर्मी, आशाकर्मीहरू उपस्थित रहेका थिए। उक्त स्वास्थ्य शिविर लगायत खरसाङ नगरपालिकाको टोलीले भाइस चेयरम्यान सुवास प्रधानको अगुवाईलाई गुम्बाको निरीक्षण पनि गरेका थिए। यसावधि खरसाङ नगरपालिकाद्वारा गुम्बामा नानीहरूको बस्ने व्यवस्था, शौचालय र प्रयोग गरिएको मैला कुँचेलाहरू उठाएर कसरी फ्याँक्नु पर्ने भन्ने विषयमा पनि जानकारी गराइएको छ। त्यसरी खरसाङ नहरपालिका क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रतिर डाक्टर र नर्सहरू उपलब्ध हुने हुनाले गुम्बाको नानीहरूलाई लगेर स्वास्थ्य जाँच गराउन सकिने पनि बताइएको छ।

यस स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आज खरसाङको मन्टिभियट रोडस्थित साक्य कुङ्का शेडुप लिङ गुम्बामा खरसाङ महकुमा अस्पताल र खरसाङ नगरपालिकाको सहयोगमा स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको थियो जसमा अस्पतालको डाक्टर-नर्सहरू र स्वास्थ्य कर्मचारीहरूका टोलीले गुम्बाका नानीहरूका स्वास्थ्य जाँच गरिएको बताएका छन्। उनले स्वास्थ्य जाँच शिविरसितै खरसाङ नगरपालिकाको टोलीले गुम्बा परिसरको निरीक्षण गरेर यहाँ प्रयोग गरेर बनेको मैला कुँचेलाहरू कसरी बाहिर लगेर फ्याँक्नु पर्ने र नानीहरूका स्वास्थ्य जाँच विषयमा जानकारी गराइएको बताएका छन्।