मणिपुर: बर्बरताका शिकार महिलाहरूसित भेट गरिन् स्वाति मालीवालले

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालl फोटो स्रोत; सोसियल मिडिया

नयाँ दिल्ली: दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले मणिपुर हिंसामा बर्बरताको शिकार भएका महिला एवं उनीहरूका परिवारसित भेट गरिन्। यस सम्बन्धमा स्वातिले ट्वीट मार्फत जानकारी साझा गरेकी छन्। स्वातिले लेखेकी छन्- ‘’मणिपुरका जुन दुई छोरीहरूसित बर्बरता गरियो तिनीहरूका परिवारसित मैले भेट गरें। एकजना महिलाका पतिले सेनामा छँदा भारतीय सीमाहरूको रक्षा गरे। उनले मलाई बताए कि अहिलेसम्म उनीसित भेट गर्न कोही आएका छैनन्। म उनीहरू समक्ष पुग्ने पहिलो व्यक्ति हुँ। अर्की महिलाकी आमासित पनि मैले भेटघाट गरें। जब म यहाँ कुनै सुरक्षा व्यवस्था बिनै पुग्न सक्छु भने सीएम वा प्रशासनका अन्य व्यक्तिहरू किन आएका छैनन्l’

स्वातिले अर्को ट्वीटमा भीडियो साझा गर्दै लेखेकी छन्- ‘मणिपुरको बर्बरताका पीड़ित छोरीहरूका परिवारसित भेट गरे… यिनीहरूको यो आँशुले यिनीहरूलाई कैयौं दिनसम्म सुत्न दिनेछैन। अहिलेसम्म यिनीहरूसित भेट गर्न कोही आएका छैनन्l’ भीडियोमा स्वाति मालीवाललाई पीड़ितालाई अङ्गालोमा बाँधेर सान्तवना दिरहेको देखिएको छ। स्वातिले भनिन्, ‘सामूहिक बलात्कार भएका दुई महिलाहरूका आमाहरूले बताए कि उनीहरूको पिता र भाइ उनीहरूलाई बचाउनको लागि गएका थिए, तर उनीहरूको हत्या गरिदियो। निर्वस्त्र अवस्थामा घुमाएका पीड़ित महिलाका पतिले देशको लागि कारगिल युद्ध लड़िसकेका छन्l’ उनले अझ भनिन्, ‘पीड़िता गहिरो अवसादमा परेकी छन्। आफन्तहरूले बताए कि आजसम्म न त मुख्यमन्त्री, न त कुनै क्याबिनेट मन्त्री वा राज्यका कुनै वरिष्ठ अधिकारी कसैले पनि उनीहरूसित भेट गर्ने प्रयास गरेका छैनन्। उनीहरूलाई अहिलेसम्म सरकारबाट कुनै प्रकारको परामर्श, कानूनी सहायता वा क्षतिपूर्ति केही पनि प्राप्त भएको छैन। यस मामिलामा कुनै पनि पुलिस अधिकारीविरूद्ध कारबाही नभएकोमा उनीहरू आक्रोशित थिएl’ स्वातिले दुवै पीड़ित परिवारहरूलाई आश्वासन दिइन्, उनीहरू एक्लो छैनन्। आवश्यकको घड़ीमा सम्पूर्ण देश उनीहरूको साथमा छ।

यस अतिरिक्त स्वाति मालीवाल मादीपुरका राहत शिविरहरूमा पुगेर अन्य हिंसा प्रभावित महिलाहरूसित पनि भेट गरिन्। स्वातिले भनिन्- ‘यो तीन दिन मेरो लागि अत्यन्त कठिन थिए। मलाई मणिपुरमा प्रवेश गर्नको लागि सरकारद्वारा कुनै पनि प्रकारको सहयोग दिन अस्वीकार गरिएको थियो। तर पनि म व्यक्तिगत जोखिम उठाएर यहाँ आएँ। भायरल भीडियोले मलाई भित्रैबाट झक्झकाइरहेको थियो, यसैले म कुनै पनि मूल्यमा पीड़ितहरूसित भेट गर्न चाहन्थेंl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement