मणिपुरमा सेनाको जवानहरू मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै

IMG-20220702-WA0162.jpg

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विजय उत्सव स्थगित

मालबजार: मणिपुरमा विनाशकारी पैह्रोमा सेनाको जवानहरू मृत्यु भएको घटनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेताहरूले डुवर्स नजिकैको पहाडमा विजयोत्सव स्थगित गरेको छ। हालैमा पहाडमा जीटीए निर्वाचित भएको थियो। डुवर्स नजिकै रहेको गोरुबथान ब्लकका तीनवटै सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारहरू विजयी भएका थिए। ४४ नम्बर समष्टिबाट अमर छेत्री (हर्कमान) विजयी भएका थिए। ४४ नम्बर समष्टिका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विजय उम्मेद्वार अमर छेत्रीले आज मालबजार एउटा पत्रकार सम्मेलन गर्दै भने, मणिपुरको घटनाबाट हामी दुखी छौँ। हाम्रो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले विजयोत्सव तत्कालका लागि स्थगित गर्न निर्देशन दिएका छन्। सोहीअनुसार हामीले सामसिङ, कुमाई लगायत विभिन्न क्षेत्रमा विजयोत्सव स्थगित गरेका छौँ। हामी सबै शोकमा छौँ। हामी मणिपुर घटनामा मारिएका सैनिकहरूका शोक सन्तप्त परिवारहरूसँग छौँ भने। अर्कोतर्फ मणिपुर घटनाका स्वर्गीय शंकर छेत्रीको शव बागडोग्राबाट नगरकट्टा लाने क्रममा माल नगरपालिका कार्यालय अगाडि दिवङ्गत जवानलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। श्रद्धाञ्जली अर्पण गर्न माल नगरपालिका चियरम्यान स्वपन साह, माल मचेन्ट वेल्फेयर एसोसिएसन अध्यक्ष देवीप्रसाद अग्रवाल, माल नगरपालिका १५ नम्बर वार्डका पार्षद मिलन छेत्री, रमेश गिरीले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement