नेपालः गृहमन्त्री श्रेष्ठ सुन तस्करीमा संलग्न भएको एमाले अध्यक्ष ओलीको आरोप

00-1-KP-Oli

काठमाडौं: नेपालमा सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन्। उनले गृहमन्त्रीको संलग्नता बिना भन्सारको सुरक्षा घेरा काटेर सुन बाहिर जान नसक्ने समेत बताए। कम्बोडियाको भ्रमण सकेर सोमबार राति काठमाडौं फर्किएका ओलीले सुन तस्करी प्रकरणबारे विमानस्थलमा भने, ‘गृहमन्त्रीले बताउनुपर्यो उहाँको संलग्नता छ कि छैन यसमा?’

गृहमन्त्री श्रेष्ठले ओलीतर्फ संकेत गर्दै भ्रष्टाचार र तस्करीको जालो उच्च राजनीतिक तहसम्म फैलिएको बताएका थिए। त्यसप्रति आक्रोश पोख्दै ओलीले अभिव्यक्तिलाई अनैतिक र गैरजिम्मेवार भने।

नेपालमा १९ जुलाईमा हङकङबाट तस्करी गरी ल्याइएको एक सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार बाहिरबाट बरामद भएपछि राजनीतिक तहमा समेत तरंग आएको छ। गृहमन्त्री श्रेष्ठले तस्करी नियन्त्रणमा कठोर कदम चाल्न थालेका छन्। ठगी र तस्करीका घटनामा एमाले नेता तथा कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन्। यसकारण गृहमन्त्री श्रेष्ठ एमालेको तारोमा छन्। उनी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पनि हुन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement