नयाँ दिल्ली: कांग्रेस नेतृत्वाधिन विपक्षी दलहरूको संगठन इण्डियाले प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा आएर मणिपुर मुद्दामाथि विस्तृत जानकारी दिनुपर्ने माग गरेको छ। कांग्रेसको भनाइ छ, विपक्षी दलहरूको संगठन इण्डियाको संयुक्त माग छ कि प्रधानमन्त्री मोदीले यस विषयलाई संसदमा सम्बोधन गरोस् र मणिपुरको स्थिति बारे सारा देशलाई अवगत गराओस्। कांग्रेसले भन्यो, यस विषयमा मंगलबार कांग्रेस अध्यक्ष एवं राज्यसभामा नेता प्रतिपक्ष मल्लिकार्जुन खड़गेको अध्यक्षतामा संसद भवन परिसरमा सम्पन्न एक बैठकमा उक्त निर्णय लिइएको छ। बैठक पश्चात खड़गेले ट्वीट गरी भने, ‘मणिपुरमा विगत ८३ दिनदेखिकै निरन्तर हिंसा यथावत छ। हिजोआज त्यहाँबाट हृदयलाई छिया-छिया पार्ने किसिमका घटनाहरू प्रकाशमा आइरहेका छन्। यस्तो मुद्दामा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छl’
खड़गेले अझ भने, ‘विपक्षी दलहरूको संगठन इण्डियाले प्रधानमन्त्री मोदीसित यस मुद्दामा जवाफ मागेको छl’ प्रधानमन्त्री मोदीले भन्नुपर्छ कि उनको सरकारले मणिपुरको स्थितिमा सुधार ल्याउनको लागि के गरिरहेको छ र त्यहाँको स्थिति कहिले सामान्य हुनेछ?’ अन्तमा उनले मणिपुर मुद्दामाथि चर्चाको लागि आफूले नियम २६७ अन्तर्गत नोटिस दिएको पनि जानकारी गराए। -हिस