भारत विरुद्ध वनडे सीरीजको निम्ति वेष्ट इण्डिज टीमको घोषणा

IMG-20230725-WA0223.jpg

२५ जुलाईः वेष्ट इण्डिजले भारत विरुद्ध २७ जुलाईदेखि केनिंग्स्टन ओवलमा शुरु हुने आउँदो तीनवटा वनडे म्याचको सीरीजको निम्ति टीमको घोषणा गऱ्यो। वेष्ट इण्डिजको टीममा स्टार ब्याटर शिमरोन हेटमायर र पेस बलर ओशेन थोमसले स्थान पाएका छन्। हेटमायर लगभग एक सालदेखि (वनडेमा दुई साल) क्यारेबियन टीमबाट बाहिर रहेका छन् तर राजस्थान रोयल्सको साथ आईपीएल २०२३-मा असल प्रदर्शनले गर्दा उनले टीममा स्थान पाएका छन्। उनले आईपीएलमा १३ वटा ईनिंग्समा २९९ रन बनाएका थिए। हेचटमायरले अन्तिमपल्ट जुलाई २०२१-मा अष्ट्रेलिया विरुद्ध वनडे म्याच खेलका थिए। यसरी नै पेस बलर थोमसले अन्तिमपल्ट दिसम्बर २०२१-मा वेष्ट इण्डिजको प्रतिनिधित्व गरेका थिए। त्यसपछि फिटनेस मुद्दाहरूले गर्दा उनी टीमबाट बाहिर भएका थिए। भारत विरुद्ध वनडे सीरीजको निम्ति घोषणा गरिएको १५ सदस्यीय टीममा जेसन होल्डर र निकोलस पूरन जस्ता दिग्गज खेलाड़ीहरूका नाम रहेको छैन।
पेस बलर जेडन सील्स र लेग स्पिनर यानिक कारियालाई सर्जरीको पुनर्वासपछि टीममा सामेल गरिएको छ जबकि देब्रे हातका स्पिनर गुडाकेश मोती पनि चोटमुक्त भएर टीममा फर्किएका छन्। शाई होपले टीमको कप्तानी गर्नेछन्। यसरी नै रोवम्यान पावेल उपकप्तान हुनेछन्। मुख्य चयनकर्ता तथा वेष्ट इण्डिजका महान खेलाड़ी डेसमण्ड हेन्स भारत विरुद्ध वनडे सीरीजलाई लिएर उत्साहित छन्। उनलाई हेटमायर र थोमसले सीरीजमा असल प्रदर्शन गर्ने विश्वास रहेको छ। हेन्सले भने, हामी ओशेन र हेटमायरलाई समूहमा स्वागत गर्दछौं। दुवैले पहिला पनि अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका छन्। यी दुईको आगमनले टीमको ताकत बढ़्ने विश्वास रहेको छ।
वनडे सीरीजको निम्ति वेष्ट इण्डिज टीमः
शाई होप (कप्तान), रोवम्यान पावेल (उपकप्तान), एलिक अथानाज, यानिक कारिया, केसी कार्टी, डोमिनिक ड्रेक एस, शिमरोन हेटमायर, अल्जारी जोसेफ, ब्रेण्डन किंग, काइल मेयर्स, गुडाकेश मोती, जेडन सील्स, रोमारियो शेफर्ड, केविन सिन्क्लेयर र ओशाने थोमस।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement