जम्मूबाट ३०२५ श्रद्धालुहरू अमरनाथ गुफा तर्फ प्रस्थान

00-1-Amarnath._858-5

जम्मू: जम्मूको भगवती नगरस्थित आधार शिविरबाट मंगलबार बिहान श्रद्धालुहरूको २३औं समूहलाई कड़ा सुरक्षाबीच अमरनाथको पवित्र गुफा तर्फ प्रस्थान गराइयो। ३०२५ श्रद्धालुहरू ११९ वाहनहरूमा सवार भएर बाबा अमरनाथको दर्शन गर्न गए। स्थानीय अधिकारीहरू अनुसार ३०२५ श्रद्धालुहरूको २३औं टोली मंगलबार बिहान जम्मूको यात्री निवास भगवती नगरबाट पहलगाम र बालटालको लागि प्रस्थान भए। १८६५ श्रद्धालुहरूको लस्कर ८१ वाहनहरूमा सवार भएर पहलगाम तर्फ प्रस्थान भयोभने ११६० श्रद्धालुहरू ३८ वाहनहरूमा सवार भएर बालटालस्थित आधार शिविर तर्फ प्रस्थान भए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement