कालचिनी: गत ३१ अगस्तदेखि गणेश चतुर्थी धुमधामसित पालन गरिएको थियोl कालचिनी मोदी लाइनमा गएको २० वर्ष भन्दा बढी समयदेखि गणेश चतुर्थीलाई गणपति महोत्सवको रुपमा ९ दिनसम्म पालन गरेपछि विसर्जन गर्ने परम्परा रहेको छl बिहीबार गणेश चतुर्थीको विसर्जनको अवसरमा कालचिनी रांगामाटी रोड स्थित पुरानो पेट्रोल पम्पबाट भव्य शोभायात्रा निकालियो। यस अवसरमा गणेश महोत्सव कमिटी र मारवाड़ी समाजका श्रद्धालुहरुले डान्डिया नृत्य अनि विभिन्न झाँकीका साथमा विसर्जन शोभायात्रा निकालियो।
मारवाड़ी समाजद्वारा प्रदत्त ५०१ किलोग्रामको लड्डू प्रसादलाई शोभायात्राको क्रममा जनसाधरण समक्ष वितरण गरियो। विसर्जनको सुरक्षा व्यवस्थामा कालचिनी थानाको पुलिसबल रहेको थियो भने साँझ सावित्री धर्मशालामा महाप्रसादको व्यवस्था गरियो जसमा सबै समुदाय अनि धर्मावलम्बीका मानिसहरुलाई निमन्त्रणा गरिएको गणेश महोत्सव कमिटीको सचिव जयप्रकाश चौधरीले बताएका छन्।










