८ बर्षदेखि निखोज युवतीलाई घर फर्काईयो

2ec7a710-276a-4471-a00c-99d4ffb1dd0b

कालचिनीः विगत प्रायः २०१४-१५ सालदेखि अचानक निखोज भएकी हाँसीमारा संलग्न बीच चियाबारी निवासी आदिवासी युवती प्रेमा उराँवलाई अन्ततः सिक्किम राज्यको वन स्टप सेन्टरको अधिकारी अनि डुवर्स एक्सप्रेस एनजीओ एवम् हाँसीमारा समाजसेवी राजेश विश्वकर्माको सहयोगितामा बुधबार हाँसीमारा आउटपोस्टको माध्यममा तिनको माता पितालाई सकुशल सुम्पियो। विगत २०१४-१५ सालमा जब प्रेमा उराँव नाबालिक थिईन त्यतिखेर अचानक घरबाट निखोज बनेकी थिईन।
कमानमा काम गर्ने असहाय माता पिताले छोरीको खोजी सक्दो गरेता पनि कतै नभेटाएपछि खोजी गर्न छोड़ेर आश मारेर बसेका थिए। यसै क्रममा हालै हाँसीमारा क्षेत्रको समाजसेवी राजेश विश्वकर्माको प्रयासमा सिक्किम नाम्चीको कुनै होममा निखोज प्रेमा उराँव रहेकी पतो लगाएर यसको जानकारी प्रेमाको माता-पितालाई दिएको थियो। यसबीच सिक्किम वन स्टप सेन्टर सरकारी संस्थाको अधीनमा रहेकी प्रेमा उराँवलाई अन्ततः बुधबार हाँसीमारा आउटपोस्टमा ल्याई तिनको माता पिता समक्ष सुम्पिएको छ।
यस क्रममा प्रेमा उराँवलाई घर फिर्ता गरीएको सम्बन्धमा सिक्किम नाम्चीका वन स्टप सेन्टरको महिला अधिकारीद्वय संगीता गुरुङ र एलोमिना लेप्चाले सिक्किम सरकार अधीनस्थ महिलाहरूको निम्ति बनेको वन स्टप सेन्टरको दायित्व अनि डुवर्स एक्सप्रेस एनजीओको मातहत हाँसीमारा आउटपोस्टमा प्रेमा उर्फ माया उराँवलाई आज तिनको परिवारमा सुम्पिएको र प्रेमा उराँवले आफ्नो नाम माया उराँव भन्दै आइरहेकी एवम् घर हाँसीमारा बताउने गरेकीले तिनको सठीक ठेगान पतो लाग्न विलम्ब भएको तर हाँसीमाराको समाजसेवी राजेश विश्वकर्माको मदतमा एवम् डुवर्स एक्सप्रेसको प्रमुख राजु नेपालीको समन्वयमा अन्ततः प्रेमा उर्फ माया उराँवलाई घर फिर्ता गर्न पाउँदा खुसी लागेको जनाएकी छन्। कुनै प्रकारको नराम्रो घटना बिना नै प्रायः ८ साल निखोज बनेकी प्रेमा उराँवलाई सकुशल घर फर्किएको देख्दा एकदमै खुसी लागेको समाजसेवी राजेश विश्वकर्मा र बीच चियाबारीका पञ्चायत सदस्य गीता उराँवले जनाएका छन्।

About Author

Advertisement