८ देखि १४ अक्टोबरमा सिद्धेश्वर धामको १४औं स्थापना दिवस समारोह

IMG-20240920-WA0296

नाम्ची: नाम्चीस्थित प्रसिद्ध सिद्धेश्वर धामको १४औं स्थापना दिवस समारोहको तयारीलाई लिएर दोस्रो बैठक आज धाम गेस्ट हाउसमा बस्यो। बैठकले आगामी ८ देखि १४ नोभेम्बरसम्म हुने स्थापना दिवसको भव्य तयारीबारे छलफल गरेको छ। बैठकको अध्यक्षता षहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागीय मन्त्री भोजराज राईले गरे। मन्त्री राईले कार्यप्रवाहलाई प्रभावकारी रूपमा व्यवस्थित गर्ने र अपेक्षित अतिथिगणनाबारेमा तयारी गर्नुपर्ने उल्लेख गरे। एनएम शर्माले १४औं स्थापना दिवस समारोहको तयारीका लागि सजावट र सरसफाइबारे समितिको प्रतिबद्धतालाई दोहोऱ्याए। विभागीय प्रतिनिधिहरूलाई स्थापना दिवसलाई सफल पार्न सहयोगको अपील गरे। बैठकमा नाम्ची नगर परिषदका अध्यक्ष अध्यक्ष गणेश राई, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, नाम्ची, सिद्धेश्वर धामका प्रशासक एनएम शर्मा र सचिव विष्णु नेउपानीलगायत विभिन्न विभागीय अधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement