सिलगढी: सिलगढीमा ७ दिसम्बमा ४२औं उत्तर बंगाल पुस्तक मेला शुरु हुँदैछ। कञ्चनजङ्घा स्टेडियम परिसरमा यो पुस्तक मेला आयोजना गरिने छ। यसअघि ६ दिसम्बरमा रंगीन शोभायात्रा निकालिनेछ। मेयर गौतम देवले बिहीबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। यस अवसरमा मेयरले पुस्तक मेला उद्घाटन समारोहमा अनिर्बान चक्रवर्ती र चर्चित लेखिका अर्पिता सरकार पनि सहभागी हुने जानकारी दिए। गत वर्षको तुलनामा पुस्तक मेलामा सहभागी प्रकाशन संस्थाको संख्या पनि बढेको छ। यस वर्षको पुस्तक मेलामा करिब ९४ वटा प्रकाशनको सहभागिता रहनेछ। साथै यस पुस्तक मेलामा केही नयाँ प्रकाशनहरुको पनि सहभागिता रहनेछ।









