७७ किलो गाँजासहित दुई जना पक्राउ

IMG-20250108-WA0144-copy

सिलगढी: पुलिसले तस्करी योजनालाई विफल पार्दै ट्रकको गोप्य ठाउँट गाँजा बरामद गरेको छ। गोप्य सूचनाको आधारमा घोषपुकुर फुलबारी राष्ट्रिय राजमार्ग न० २७ को धाम्नागज इलाकामा फाँसीसिदेवा पुलिस चौकीले ट्रकलाई रोकेर ट्रकको गोप्य कक्षबाट ७७ किलो गाँजा बरामद गरेको छ। यस घटनामा फणसीदेवा पुलिस चौकीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरुको पहिचान रज्जाक मण्डल र मोफिजुल हकको रुपमा रहेको छ। पक्राउ परेका दुवै जना कुचबिहार जिल्लाको तुफानगञ्जका बासिन्दा हुन्। यस घटनामा फाँसीदेवा पुलिस चौकीले सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ।

सिलगढीबाट विधाननगर जाँदै गरेको ट्रकमा गाँजा तस्करी भइरहेको गोप्य स्रोतबाट पुलिसलाई सूचना प्राप्त भएको थियो। सो सूचनाका आधारमा फाँसीदेवा पुलिस चौकीले राष्ट्रिय राजमार्गको घोषपुकुर फुलबारीमा खोजी थालेको थियो। उक्त ट्रक देखेपछि पुलिसले ब्यारिकेड लगाएर रोकेर खोजी शुरु गर्यो। ट्रकको गोप्य ठाउँबाट ७७ किलो गाँजा बरामद भएको छ। जसको अनुमानित बजार मूल्य करिब करोड रुपियाँ रहेको छ। पक्राउ परेका दुवै जनालाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

Advertisement