७०औं अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजित

IMG-20230530-WA0003.jpg

गान्तोक: ७०औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा इन्डियान हिमालय सेन्टर फर एडभेञ्चर एण्ड इको टुरिज्म चेम्चे र पर्यटन विभागको पहलमा माउन्टेन बाइकिङ, जोय राइड, माउन्टनेरिङ एण्ड एलाइड स्पोर्टस लगायत पर्वतरोहीलाई चाहिने आवश्यक उपकरणको प्रदर्शन आयोजना गरियो। यस कार्यक्रम अन्तर्गत नाम्चीको भानुपार्कदेखि, थर्पु, मिकखोला, लोवर सोरोक, लोवर मिकखोला, कोप्चे, सिङ्गिथाङ हुदै पून भानु पार्कमा पुगेर समापन भएको थियो। उक्त कार्यक्रम आयोजना गर्नको मुख्य उद्देश्य नाम्चीका युवा तथा जनतालाई साहसिक खेलकुद र पर्वतारोहण सम्बन्धी जानकारी प्रदान गरिनु रहेको थियो। विगत १३ वर्षदेखि विभिन्न विभिन्न प्रकारको साहसिक खेलप्रति प्रशिक्षण दिने क्रम चलिरहेको छ।
भानु पार्क परिसरमा विभिन्न उपकरणसहितको डिस्प्ले सेन्टर पनि स्थापना गरिएको थियो जसलाई सहभागीहरुले अवलोकन गरे।

About Author

Advertisement