६.५ लाख रूपियॉं मूल्यको माछाको अण्डा जफत

f599a06f-164a-45ac-a396-5167a418e550-1

उत्तर २४ परगनाः भारत-बांग्लादेश अन्तरराष्ट्रिय सीमा छेउ पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको सीमा चौकी रनघाटमा बीएसएफ जवानहरूले ६.५ लाख रूपियॉं मूल्यको माछाको अण्डा जफत गरेको छ।

शनिवार बीएसएफले दिएको जानकारी अनुसार, सीमा चौकी रनघाटको पेट्रोलिङ पार्टीले क्षेत्रमा पेट्रोलिङ अवधि कुलिया मस्जिद पछाडि बॉंसको झाडीमा केही तस्करहरूको संदिग्ध गतिविधि देखे। बीएसएफ जवानहरूले छापा मार्दा तस्करहरू त्यहॉंबाट भागे। क्षेत्रको सघन खोज गर्दा माछाको अण्डाले भरिएको ४३ प्लास्टिकको ब्याग भेटियो। यसको बजार मूल्य ६.५ लाख रहेको बताइएको छ। तस्करहरू माछाको अण्डा भारतदेखि बांग्लादेश तस्करी गर्ने प्रयासमा थिए। जफत गरिएको माछाको अण्डा बागदा थानालाई सुम्पिएको छ।

About Author

Advertisement