६ जना बेरोजगार युवाहरूलाई वाहन प्रदान

IMG-20230504-WA0300.jpg

गान्तोक: राज्यका बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले मन्त्री सञ्जीत खरेलले ६ जनालाई आज वाहन प्रदान गरे। आज ६ वटा वाहन प्राप्त गर्नेहरू मध्ये दुई जना महिला सामेल रहेका छन्। शिक्षित बेरोजगार युवाहरूलाई जिविकापोर्जन गर्न सजिलो होस् भन्ने उद्देश्यले वाहन प्रदान गरेको मन्त्री खरेलले जानकारी गराए। विशेष गरेर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको सकारात्मक सोंचको कारण बेरोजगार युवाहरूलाई आत्म निर्भर बनाउनु पर्ने भएकोले वाहन उपलब्ध गराएको उनले अवगत गराए। पूर्व सरकारको २५ वर्षको शासनमा स्थानीय वेरोजगार युवाहरूलाई कहिले पनि आत्मनिर्भर बनाउनको वाहन उपलब्ध नगराएको उनले दावी गरे। तर वर्तमान मुख्यमन्त्रीको गरीब जनताप्रतिको ठूलो ह्दय भएको कारण आज ६ जना युवाहरूले वाहन पाउन सकेको उनले अवगत गराए। यस्तो ठूलो हृदय भएको नेता राज्यका जनताले पूनः पाउन नसक्ने मन्त्री खरेलले दावी गरे।

नामथाङस्थित मन्त्री खरेलको निजी निवासमा आयोजित एक कार्यक्रमबीच ६ जनालाई वाहन प्रदान गरियो। यसरी वाहन प्राप्त गरेकोमा लाभार्थीहरूले सर्वप्रथम राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ र क्षेत्र विधायक सञ्जीत खरेलप्रति आभार व्यक्त गरेका छन्। यस वाहनलाई ट्याक्सीकोरूपमा सञ्चालन गरेर आगामी जिविकापोर्जन गर्ने लाभार्थीहरूले बताएका छन्। यति राम्रो विधायक पूर्व सरकारको कार्यकालमा नपाएकोमा उनीहरूले दुःख व्यक्त गरेका छन्।

About Author

Advertisement