६० हवाइअड्डामा गैर-मुख्य कार्यका लागि सीआईएसएफको सट्टा निजी सुरक्षा एजेन्सीका  सुरक्षाकर्मीहरू खटाइने

चेन्नई हवाईअड्डामा निजी सुरक्षा कर्मीहरुको प्रशिक्षण सत्रमा उपस्थित शरद कुमार, एपीडी चेन्नई साथमा सुधीर मलिक, ईडी सुरक्षाl

नयाँ दिल्ली: केन्द्र सरकारको निर्णयअनुसार ६० हवाइअड्डाहरूमा गैर-मुख्य ड्यूटी पदहरूमा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) को सट्टा निजी सुरक्षा एजेन्सी (पीएसए) का १९२४ सुरक्षाकर्मीहरू तैनाथ गरिने छन्। यो निर्णयले सुरक्षा खर्च घटाउने छ र यी सीआईएसएफ कर्मचारीहरूलाई अन्य हवाइअड्डाहरूमा तैनाथ गरिनेछ, जसले सुरक्षा प्रणालीलाई अझ बलियो बनाउनेछ। यसले नयाँ आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा थप सहयोग पुग्नेछ। भारतीय विमानस्थल प्राधिकरण (एएआई) ले पुनर्वास महानिर्देशनालय (डीजीआर) प्रायोजित सुरक्षा एजेन्सीहरूसँगको सहकार्यमा ४५ हवाइअड्डाहरूमा गैर-मुख्य पदहरूमा ५८१ सुरक्षा कर्मचारीहरू नियुक्त गरेको छ।

यी सुरक्षाकर्मीहरूलाई छनौट विमानस्थलहरूमा उड्डयन सुरक्षा (एभीएसईसी) तालिम पूरा गरेपछि खटाइनेछ। हाल, १६ हवाइअड्डाहरूका लागि १६१ डीजीआर कर्मचारीहरू एभीएसईसी प्रशिक्षण कार्यक्रमहरूमा भाग लिइरहेका छन्l उनीहरूलाई प्रशिक्षण पूरा गरेपछि २४ सेप्टेम्बरदेखि खटाइनेछ। एभीएसईसी   प्रशिक्षण कार्यक्रममा भाग लिने ७४ डीजीआर सुरक्षाकर्मीहरू ९ सेप्टेम्बरदेखि कोलकाता हवाइअड्डामा तैनाथ छन्। बाँकी सुरक्षाकर्मी खटाउने प्रक्रिया चलिरहेको छ। -पीआईबी

About Author

Advertisement