खरसाङ: मेरो कार्यकाल अवधिमा नै स्थायी राजनैतिक समाधान निकाल्नलाई प्रयास जारी राखेको छु। अझै संसदमा दुईवटा अधिवेशन बाँकी रहेको छ र त्यसमा आशा गर्न सकिन्छ। अब चाढ़ै वार्ता हुनेछ र वार्ताको लागि चिट्ठी चाढ़ै आउनेवाला छ भनी खरसाङको गौरी शंकर चियाबारीमा पत्रकारहरूसित कुराकानी गर्दै सांसद राजु विष्टले बताएका छन्। उनले वार्ता पञ्चायत चुनाव अघि पनि हुनेवाला थियो तर केही कारणले हुन सकेन। गृह सचिवको फोन आएको थियो। तर अब चाढ़ै वार्ता हुनेछ। यसको लागि अल पार्टी मिटिङ बेलाएर वार्ताको लागि राम्रो होम वर्क गरेर जाने भनी बताएका छन्। सासंद राजु विष्टले ५ डेसिमल जमीनको पर्जा पट्टा विषयमा बोल्दै यो गोर्खाहरूलाई शरणार्थी बनाउने चाल हो र यसलाई अस्वीकार गर्नुपर्छ किनभने ५ डेसीमल जमीनको पर्जा पट्टा दिएपछि शरणार्थी बनाएर गोर्खाल्याण्ड मांग्नु सक्दैन भनेर यो चाल चलिएको आरोप पनि लगाएका छन्। सासंद राजु विष्टले अनित थापाहरू र तृणमूलले मिलेर गोर्खालाई शरणार्थी बनाउने योजना बनाएको आरोप लगाएका छन्। उनले गोर्खाहरूका मांगलाई दबाउनलाई राज्य सरकारको चाल रहेको बताउँदै ५ डेसिमल पर्जा पट्टालाई अस्वीकार गर्ने बताए। विष्टले यसपालीको पञ्चायत चुनावमा भाजपा र गठबन्धन दलले धेरैवटा सिटहरूमा जिते पनि प्रजातान्त्रिक मोर्चा र प्रशासनले हराएको र मानिसहरूले भाजपालाई दिएको भोट कता हरायो भनी खोजीरहेका छन् भनी अारोप लगाएका छन्। उनले चुनाव हारे तान्त्रिक मोर्चाले पैसा दिएर किनिरहेको छ तर हामीलाई किन्ने परिस्थिति आएन कारण हामीसित जनताको साथ छ भनी बताएका छन्। सांसद राजु विष्टले भने, ‘यसपाली हामीलाई जनताले साथ दिएको छ र हाम्रो प्रार्थीहरूले पनि जितेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई विस्वास गरेर मानिसहरू गाउँ गाउँबाट आएका छन् अनि सबैले हामीलाई समर्थन गर्नेछौं भनी भनिरहेका छन् र अब गाउँ गाउँ गएर मानिसहरूलाई जोड्नेछु। हामीलाई जनताले विस्वास गरिरहेका छन्।’

सासंद राजु विष्टले अघि भने, ‘दिल्लीमा खिर पाक्दैछ भने ठीकै छ मिठो पनि हुन्छ र म त जनताको आवाज भनेर जनताको कुरा राख्ने काम मेरो हो अनि दिल्लीमा के हुँदैछ मैले घोषणा गरेर हुँदैन त्यो केन्द्र सरकारको काम हो। एक दिन सबैले चाल पाईहाल्ने कुरा हो।









