५ अप्रेल गोरामुमोको एेतिहासिक दिन हो: भुपेन गुरुङ

IMG-20230405-WA0214.jpg

खरसाङ: ५ अप्रेल १९८० एउटा ऐतिहासिक दिन थियो। गोरामुमो सांस्थापक अध्यक्ष सुवास घिसिङले त्यस दिन सुतेको गोर्खाहरुलाई राजनैतिक चेतना जगाउने कार्य गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको स्थापना गरेका थिए भनी गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले बताएका छन्। उनले १९८८ सालको गोर्खाल्याण्ड आन्दोलनले गोर्खाहरुले आफ्नो किपट फर्काउन सफल भएका थिए भने २३ अगस्त १९८८ सालको दिन गोर्खाहरु भारतको खाटी नागरिक भएको भनी भारत सरकारले अधिसूचना जारी गरेका थिए भनी बताएका छन्। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले भने, ‘गोर्खाल्याण्ड सोझै नहुने सम्भावना नदेखेपछि सांस्थापक अध्यक्ष सुवास घिसिङले छैटौं अनुसूचीमार्फत् गोर्खाहरुको राजनैतिक सुरक्षा, सांस्कृतिक सुरक्षाको निम्ति छैटौं अनुसूची भित्राउन सफल भएका थिए।’

About Author

Advertisement