चिकित्सकले एक महिलाको पेटबाट करिब ४५ किलोग्रामको ट्युमर शल्यक्रिया गरेर निकालेका छन्। यति ठूलो ट्युमर देखेर शल्यक्रिया गर्ने डाक्टरहरु पनि छक्क परे। यति ठूलो ट्युमर यसअघि कहिल्यै नदेखेको चिकित्सकले बताएका छन्। घटना ब्राजिलको रियो दि जेनेरियोको हो। जहाँ ४५ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि साओ जोसे डो अभाई अस्पतालमा भर्ना गरिएको थियो। अनुसन्धान पछि, डाक्टरहरूले बुधबार शल्यक्रिया शुरु गरे र महिलाको शरीरबाट १०० पाउन्ड (४५ किलोग्राम) ट्युमर निकाले। ब्राजिलको समाचार आउटलेट जी वनका अनुसार ट्युमर यति ठूलो थियो कि शल्यक्रिया गर्न १४ जना चिकित्सकलाई २ घण्टा लाग्यो। ट्युमर ४ फिट चौडा र ९ इन्च लामो थियो र यसको कुल वजन ४५ किलोग्राम थियो।

अस्पतालका डाक्टर ग्लासियो बोचाटले ट्युमरका केही तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन्। तस्वीर देखेर सबै अचम्ममा पर्छन् कि महिला ५ वर्षदेखि यति ठूलो ट्युमरसँग कसरी बाँचिरहेकी थिइन्। अहिले डाक्टरहरू केही परीक्षण रिपोर्टको पर्खाइमा छन्, जसले महिलालाई क्यान्सर छ कि छैन भन्ने कुरा खुल्नेछ। महिला अझै अस्पतालमा भर्ना छिन्। उनको अवस्था स्थिर रहेको छ। उनी चिकित्सा उपकरणको मद्दत बिना सास फेर्दै छन्। ‘यो मैले शल्यक्रिया गरेको सबैभन्दा ठूलो ट्युमर थियो र पक्कै पनि मैले अहिलेसम्म गरेको सबैभन्दा ठूलो ट्युमर थियो,’ डा. बोचाटले भने। हाल बायोप्सीको नतिजा थाहा पाउन करिब तीन साता लाग्नेछ।











