गोरुबथान। आगमी २६ जुनको दिन हुन गइरहेको जिटिए चुनावको लागि माहोल तात्तिएको छ। सबै प्रार्थीहररू आ आफ्नो घोषणा पत्र सार्वजनिक गरी त्यसैको आधारमा भोट मागिरहेका छन्। यस्तैमा गोरुबथान ४३ नम्बर समष्टि हाम्रो पार्टीले पनि आफ्नो घोषणा पत्र सार्वजनिक गऱ्यो। सोमबारे बजार धर्मशालास्थित हाम्रो पार्टी कार्यालयमा हाम्रो पार्टीको कार्यकर्ताहरूसित प्रार्थी जोन ब्रिटो ब्यानर्जीले यसपल्टको चुनाउको निम्ति आफ्नो घोषणा पत्र सार्वजनिक गर्योा।

घोषणा पत्रमा मूल रुपमा गोरुबथानको शिक्षा,स्वास्थ्य र सर्वाङ्गीण विकासलाई समावेस गरिएको छ। आफू यस चुनावमा जित हासिल गरी त्यस ओहोदामा पुगे घोषणा पत्रमा समावेस सबै विषयलाई पुरा गर्ने पनि बताए।










