४० युवाहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन

IMG-20220711-WA0171.jpg

कालेबुङ: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ३६ नम्बर समष्टि समितिको तत्वधानमा पार्टी कार्यलयमा एउटा समर्थन सभा राखेको थियो। उक्त समर्थ सभा कालेबुङ जिल्ला अध्यक्ष सि. बि. गुरुङ को अध्यक्षतामा भएको थियो, भने महासचिव बिनय घिसिङ द्वारा सन्चालन गरेको थियो, बिशेष गरि सभामा कालेबुङका विधायक श्रीमान रुदेन सदा लेप्चाको उपस्थिति रहेको थियो। आज को सभामा ३६ नम्बर समष्टि बाट अरुण गुरुङ, निरज गुरुङ, ज्ञयानेनद्र सुब्बा, सामेल प्रधान, मकर तामाङ, साथै राजिब प्रधानको नेतृत्व मा ४० युवाहरूले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए। विधायकले समर्थन जनाउने सम्पूर्ण युवाहरूलाई स्वागत जनाए, आउदो दिनमा मिलेर गाउँ समाजको लागि काम गर्नु पर्छ भनेर आफ्नो कुरा राखे।
कालेबुङ जिल्ला बाट सह सचीव बिजय संखर, ३६ नम्बर समष्टि बाट समष्टि अध्यक्ष सागर राई, ममता गुरुङ समष्टि युवा अध्यक्ष सोनाम भोटिया, विद्यार्थी संग संयोजक राम प्रसाद रोका साथै अन्यको उपस्थिति रहेको थियो।

About Author

Advertisement