बेइजिङ: चीनले एउटा अन्तरिक्ष यान तीनजना अन्तरिक्ष यात्री लिएर आइतबार चिनियाँ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेको छ। स्टेसन निर्माण कार्य आधुनिक चरणहरूमा प्रवेश गरिरहेका बेला चीनले अन्तरिक्ष यात्रीलाई स्टेसनको कोर मोड्युलतर्फ पठाएको छ। ६ महिनासम्म अन्तरिक्ष यात्रीहरुले स्टेसनमा काम गर्नेछन्। सेन्झोउ– १४ अन्तरिक्ष यान बोकेको लङ मार्च–२ एफ रकेट उत्तरपश्चिमी प्रान्त गान्सुको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार आइतबार बिहान १०:४४ बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। मिशन कमाण्डर चेन दोङसँगै लिउ याङ र काइ जुझे सेन्झाउ–१४ मा सवार छन्।









