सिलगढी: सिलगढीको बर्दमान रोडमा डीआरआई र कस्टम पीएनआई युनिटले संयुक्त रूपमा अभियान चलाएर लगभग ३५ लाख ६६ हजार रूपियाँको सुनका बिस्कुटहरूसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवक बिहारको समस्तीपुर निवासी रोहित कुमारको रूपमा चिन्हित गरिएको छ। तिनीबाट ६ वटा सुनका बिस्कुट उद्धार गरिएको छ, जसको ओज़न ७०० ग्राम रहेको छ। आरोपी रोहित कुमारलाई गैरकानूनी रूपले सुन तस्करी गरेको आरोपमा आज कस्टम एक्ट अन्तर्गत मामिला दर्ता गरेर सिलगढी अदालतमा पेश गन्यो। तथापि, अदालतमा पेश गरेपछि न्यायाधीशले आरोपी रोहित कुमारको जमानत याचिका स्वीकार गरेको बताइएको छ।









