३२ वर्षकी बेहुलीले १६ वर्षीय बेहुला लिएर भागिन्…

wedding-2

सिंगरौली: दिन प्रतिदिन मतिभ्रष्ट भएर समाजमा अचम्म र उदेक लाग्दा विसङ्गति, विकृतिहरु भित्रिन थालेका छन्l कतै २८ वर्षको बेहुला र १४ वर्षीया बालिका बेहुलीको बिहे धुमधामले गराइन्छl मध्य प्रदेशको सिंगरौलीबाट एउटा यस्तै किसिमको अचम्मको समाचार आएको अघि आएकोछ। यस घटनामा बेहुला २८ वर्षको होइन भर्खरै बाल्यकाल पार गरेर किशोर अवस्थामा पाइला टेकेका १६ वर्षीय किशोर बेहुला बनेका छन्l यी १६ वर्षीय किशोरले केटी भगाएका होइनन्, तर उसलाई एक ३२ वर्षीया युवतीले बिहे गरेर भगाइन्।

यो घटना सिंगरौलीको खुटारचौकी क्षेत्रको हो। अहिले १६ किशोरका बाबुआमा छोरा खोज्न घर–घर दौडिरहेका छन्। छोरा खोज्ने अनुसन्धानको नाममा कागजी काम मात्रै भइरहेको उनीहरुको आरोप छ। ती किशोर कक्षा १२ पढ्दै गरेका हुन्l खुटार निवासीका ती छोराले उनको अनुपस्थितिमा सरपंचको आदेशमा ३२ वर्षीया युवतीसँग विवाह गरेका थिए। जबकि ती केटाका बाबुका कुराअनुसार छोराको उमेर १६ वर्ष ४ महिना मात्रै छ। सरपंचको आदेशमा विवाह गरेपछि ३२ वर्षीया युवती १६ वर्षीय केटासँग ५ दिन ससुराको घरमा बसेकी थिइन् भने १३ मईको दिन १६ वर्षीय पतिलाई लिएर भागेकी थिइन्। पीडित केटा बाबुले पुलिस साथै बाल कल्याण समितिमा उजुरी दिएका छन्। यसपछि सिंगरौलीका कलेक्टर राजीव रञ्जन मीनाले एसडीएम ऋषि पवारको नेतृत्वमा टोली गठन गरी अनुसन्धान गर्न निर्देशन दिएका छन्। एसडीएमले १६ वर्षीय केटाका अभिभावकसँगै विद्यालय गएर बयान लिएका छन्। बिहे गरेकी ३२ वर्षीया युवती खुटार गाउँकी हुन्, जसको पहिलो विवाह ७ वर्षअघि भएको थियो, तर १ वर्ष ससुराली घरमा बसेपछि महिलाले पतिसँग सम्बन्ध विच्छेद गरिन्। यसपछि मामाको घरमा बस्न थालिन्। यसपछि उनले मार्च महिनामा उत्तर प्रदेशको शक्तिनगरमा दोस्रो बिहे गरेकी थिइन्, तर त्यहाँ उनको बिहे जम्मिएन् र फेरि आफ्नो मामाघरमा बस्न थालेकी थिइन्। यसैबीच आफ्नै छिमेकमा बस्ने आफ्नो भन्दा आधा उमेरका १६ वर्षीय केटासँग बिहे गर्ने जिद्दी गर्दै ती महिला सरपंचको ठाउँमा पुगिन्। सरपंचले आफ्ना दुईजना मान्छे पठाएर गाउँ पञ्चायतका मानिसहरूको उपस्थितिमा त्यो केटाको बिहे गराए। त्यसपछि ५ दिन ससुराली घरमा बसेपछि ती महिला आफ्ना बालक पतिसहित फरार भएकी थिइन्। फरार बालकका बाबुले सिंगरौली बाल कल्याण समितिमा उजुरी दिएका छन्।

About Author

Advertisement