३१सी राष्ट्रिय राजमार्गमा कोइला गाड़ी पल्टिन्दा यातायात बाधित

कालचिनी: आज अपरान्ह समय असमबाट सिलगढ़ीतर्फ आईरहेको एउटा कोइला लादिएको ट्रक अचानक नियन्त्रण हराएर पल्टिन्दा निमती दोमोहनी ३१सी राष्ट्रिय राजमार्ग प्रायः घन्टौसम्म जाम लागेको थियो।
घटनास्थलमा निमती आउटपोस्टका पुलिसबलले एउटा क्रेन बोलाएर उक्त पल्टिएको ट्रकलाई किनार गर्नुको साथै जेसीबीको मदतमा कोइलाहरु सड़कबाट हटाएर मात्र सड़क खोलिएको थियो। प्राप्त जानकारी अनुसार कोइला लादिएको ट्रक पोरो बस्ती क्षेत्रमा आईपुग्दा सड़कमा एउटा गाईलाई बचाउने हुँदा ट्रक नियन्त्रण विहीन भएर सड़कमा उल्टिएको थियो। यद्यपि उक्त घटनामा ट्रक चालक औ कसैको पनि ज्यान नगएको पुलिस सुत्रले जनाएका छन।

About Author

Advertisement