३० लाख बराबरको ब्राउन सुगरसहित एक पक्राउ

सिलगढी: सिलगढी महानगरीय प्रहरी र बागडोगरा पुलिस स्टेशनको विशेष अपरेशन समूहले छापा मारेर मोहम्मद तमन्ना नामका एक व्यक्तिलाई ३०४ ग्राम ब्राउन सुगरकाे साथ पक्राउ गरेकाे छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा सिलगढी महानगरीय प्रहरी र बागडोगरा पुलिस स्टेशनको विशेष अपरेशन समूहले छापा मारेर उनलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट बरामद ग्राम ब्राउन सुगरुको बजार मूल्य ३० लाख रुपियाँ बताएको छ। तमन्नाको घर सिलगढीको झंकार मोड क्षेत्रमा छ। आरोपीलाई भोलि सिलगढी अदालतमा पेश गरिने छ।

About Author

Advertisement