३०० रूपियाँसम्मको जाँच निःशुल्क गराउने

IMG_20220520_214628.jpg

नयाँ दिल्ली: ३०० रूपियाँसम्मको जाँच अखिल भारतीय आयुर्विज्ञान संस्थानले निःशुल्क गराउने घोषणा गरेको छ। दिल्ली एम्सका चिकित्सा अधीक्षक डा. डीके शर्मा अनुसार, यो आदेश तत्काल प्रभावदेखि लागू गरिएको छ। ‘ल्याब टेस्ट, एक्स-रे र अन्य प्रकारको जाँच निःशुल्क गर्ने आदेश दिएको छ। यस कदमले आर्थिक रूपमा कमजोर रोगीहरूलाई राहत मिल्नेछ। यस्ता केही उपचार छन्, जसमा रोगीहरूलाई एउटै टेस्ट पनि धेरै पल्ट गराउनपर्छ। यस्तोमा रोगीहरूले प्रत्येक पल्ट पैसा दिनुपर्थ्यो। अब यी रोगीहरूले कुनै पैसा दिनपर्नेछैन’।

एम्सका एक डाक्टरले भने, ‘३०० रूपियाँको जाँच निःशुल्क हुँदा आर्थिक रूपमा कमजोर रोगीहरूलाई ठूलो राहत मिलेको छ। यहाँ धेरै पल्ट यस्ता रोगी आउछन् जसलाई १०० रूपियाँ पनि दिनु साह्रो पर्छ। यस्तोमा ती रोगीहरूको निम्ति ठूलो राहत हुनेछ’।

About Author

Advertisement