२ अगस्तमा तृणमूल कांग्रेसको दिल्ली चलो अभियान

Abhishek-Banerjee-MP-2

कोलकाता: केन्द्र सरकारबाट सय दिनको कामको ज्याला उठाउन अक्टोबर २, गान्धीजीको जन्मदिनमा तृणमूल कांग्रेसले ‘दिल्ली चलो’ आहवान शुरु गरेको छ। तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले अक्टोबर २ मा दिल्लीको कृषि भवन अभियानमा जाने बताएका छन्। यससँगै तृणमूलका अखिल भारतीय महासचिवले ५ अगस्तमा राज्यका भाजपा नेताहरूको घर घेराव गर्ने कार्यक्रम पनि घोषणा गरेका छन्।

अभिषेक ब्यानर्जीले शुक्रबार शहीद दिवसको मंचबाट ५ अगस्तमा, तृणमूल कार्यकर्ताहरूले सबै भाजपा जिल्ला ब्लक नेताहरूको घर घेराव गर्ने घोषणा गरेl त्यो घेरावबन्दी शान्तिपूर्ण हुने उनले बताए। उनले भने, ‘बंगालको भाइचाराको परम्पराअनुसार गरिनुपर्छ, भाजपाका कुनै नेताको परिवारमा ज्येष्ठ नागरिक भएमा उनलाई कुनै प्रकारको समस्या नआओस् भन्ने सुनिश्चित गरिनेछ। तर त्यो भाजपा नेतालाई बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म ८ घण्टा घरबाट बाहिर निस्कन वा घरभित्र पस्न दिइने छैनl’

About Author

Advertisement