आजमगढ: आजमगढ पुलिसले दुई साइबर ठगलाई पक्राउ गरेको छ। उनीहरुले नक्कली ठेगानामा खाता खोलेर ठगी गर्ने गरेका छन्। आरोपीले २ करोड ७४ लाखभन्दा बढी ठगी गरेका छन्। उनीहरुबाट पुलिसले २९ वटा खाता, तीन वटा मोबाइल र पाँचवटा एटीएम कार्डको कारोबार विवरण बरामद गरेको छ। यस सम्पूर्ण सिन्डिकेटका गिरोह नेताहरू दाउद र जमिरुद्दीन हुन् जो झारखण्डको जमताराका हुन्। घटनास्थलबाट तीन अभियुक्त फरार रहेकाले खोजी भइरहेको छ। यसबारे खुलासा गर्दै आजमगढका साइबर अपराधका नोडल अफिसर, अतिरिक्त पुलिस उपरीक्षक शुभम अग्रवालले भने, ‘२५ अगस्तमा साइबर पुलिस थानाले झारखण्डको जामताराका केही व्यक्तिहरूले नक्कली ठेगानामा खाता खोलेर साइबर अपराधीहरूलाई भेटेको जानकारी पाएको थियो। साइबर थानलाई सूचना प्राप्त भएको थियो कि केही व्यक्ति झारखण्डको जामताडाको साइबर अअपराधीहरूसित मिलेर फर्जी ठेगानामा खाता खोलेर फर्जी मोबाइल नम्बर फीडिगं गराएर साइबर फ्रडको पैसा खातामा मगाउथे। एटीएम कार्डबाट पैसा निकालेपछि कमिशनको २५ प्रतिशत नगदमा राख्छन्, र बाँकी रकम जामताडाको गिरोह नाइकेको अर्को ब्यांक खातामा पठाउँछन्।‘ शुभम अग्रवालले भने, ‘स्थानका आधारमा साइबर टोलीका इन्चार्ज इन्स्पेक्टर विमल प्रकाश रायसहितको टोलीले सोमबार रानीकी सराई चेकपोष्टबाट मोहम्मद फैसल र कुलदीपलाई पक्राउ गरेको हो। मोहम्मद फैसल बर्दहका र कुलदीप गौतम निजामाबाद क्षेत्रका बासिन्दा हुन्। उनका तीन साथीहरु घटनास्थलबाट फरार भएका छन्।‘ पक्राउ परेका दुईजनाबाट तीनवटा मोबाइल, दुईवटा प्यान कार्ड, पाँचवटा आधार कार्ड र २९ वटा खाताको लेनदेनको सूची बरामद भएको छ। यी २९ खाताबाट २ करोड ७४ लाख १४ हजार ६९५ रुपियाँ ठगी भएको छ। यसको सम्पूर्ण लेनदेन सूचीबाट स्पष्ट छ। पुलिसले सोधपुछका क्रममा पक्राउ परेका अभियुक्तले भने, ‘हामी ५ जना मिलेर साइबर ठगी गर्छौं।‘










