२८ नम्बर समष्टीमा भागोप्रमोको चुनाव प्रचार साथै नर्थ शिवखोला बुथ कमिटी गठन

IMG-20240414-WA0312.jpg

खरसाङ: २८ नम्बर समष्टि अन्तर्गत चिम्नी देवराली पञ्चायत क्षेत्रमा विभिन्न क्षेत्रमा तीव्र गतिमा चुनाव प्रचार अनि नर्थ शिव खोला बुथमा कमिटी गठन गरिएको छ। २८ नम्बर समष्टिकाे सभासद श्याम शेर्पा, समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, सचिवा ललिता छेत्री, सह सचिवा ललिता शेर्पा, समिति सदस्य दिनेश तामाङ, युवा शक्तिबाट विष्णु छेत्री, रोशन तामाङ, अनुप तामाङ, दिनेश लामा, महेश राई, रुपेश देवानकाे टोलीले प्रथममा अप्पर चिम्नी, सिमानाटार, लोवर चिम्नीकाे प्रतिनिधिहरुसितत कोठे बैठक गरे भने नर्थ शिव खोला बुथकाे बुथ कमिटी गठन गरियो।
यसकाे साथै मजुवा क्षेत्रमा पञ्चायत सदस्य सिमा थापाको अगुवाईमा अनि चैतेपानी क्षेत्रमा पोस्टर लगाउने कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ।

२८ नम्बर समष्टि चुनाव प्रभारी एंव सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार २८ नम्बर समष्टि अन्तर्गत रहेको १९ वटा बुथ साथै २ वटा अक्जेलेरी बुथ गरी जम्मा २१ वटा बुथमा चुनाव कमिटी गठन भईसकेको र सबै बुथबाट भागोप्रमो समर्थित उम्मेदवार गोपाल लामाले धेरै बहुमतले भोट जित्ने विश्वास रहेको बताएका छन्। यसको साथै उनले समष्टीमा भागोप्रमोका पदाधिकारीहरू र कार्यकर्ताहरूले चुनावको लागि खटिरहेको जानकारी गराएका छन्।

About Author

Advertisement