४ सेप्टेम्बरः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार दोस्रो राउण्डको अन्तिम दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा २७१६ स्पोर्टिंगले पाण्डामलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल सञ्जीत मोथेले छिराए। यसरी पाण्डामबाट अनुप राईले गोल गरे। यसरी दोस्रो म्याचमा बिर्जू सेभेनले सुकियालाई ५-२-ले पराजित गऱ्यो। विजेता टीमबाट पाँचैवटा गोल तेञ्जिंग भूटियाले गरे। यसरी सुकियाबाट प्रणय तामाङले २ गोल गरे। यी दुईवटा म्याचको साथै टुर्नामेण्टमा दोस्रो राउण्डको खेल समाप्त भयो। अब प्री-क्वार्टर फाइनल राउण्ड खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २१ अक्टोबरमा खेलिनेछ।









