२७१६ स्पोर्टिंग, केजीकेएस र राइजिंग स्टार विजयी

photocollage_202387133210344.jpg

७ अगस्तः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार तीनवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा २७१६ स्पोर्टिंगले ग्रीनहिल युनाइटेड, सोनादालाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आधार राई अनि अक्षत थापाले १-१ गरे। यसरी सोनादाको टीमबाट साहिल राईले एक गोल गरे। यसरी दोस्रो म्याचमा केजीकेएस (किरण गाउँ खेलकुद संघ)-ले सोनादा भेटरन्सलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मनोज तामाङले गोल गरे। दिनको तेस्रो तथा अन्तिम म्याचमा राइजिंग स्टार, मञ्जुले सन्देश स्पोर्टिंगलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सञ्जोक राई, संगम राई र रक्षक राईले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement