२६ दिसम्बरको दिन नाम्चीमा राज्यस्तरीय साकेवा पर्व पालन गरिने

IMG-20231203-WA0239.jpg

नाम्ची: आगामी २६ दिसम्बरको दिन नाम्ची जिल्लामा साकेवा पर्व भव्यरूपमा पालन गरिने भएको छ। आज राजधानीस्थित चिन्तन भवमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अखिल किराँत राई संघका अध्यक्ष मोहन दुङमालीले उक्त जानकारी गराएका हुन्।

पत्रकारहरूलाई सम्बोधन गर्दै उनले आगामी 26 दिसम्बरको दिन नाम्चीमा राज्यस्तरीयरूपमा साकेवा पर्व पालन गरिने बताए। विशेष गरेर प्रत्येक वर्षको २६ दिसम्बरको दिन साकेवा पर्व पालन गरिने चलन रहेको र यसैलाई कायम राख्दै यस वर्ष भने नाम्चीमा उक्त पर्व पालन गरिने जानकारी गराए।

संघका पूर्व अध्यक्ष डा. एसके राईले उक्त कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहने बताए। उक्त दिन राई खिमको पनि शिलान्यास गरिने र उक्त शिलान्यास मुख्यमन्त्री तामाङ स्वंयले गर्ने राईले जानकारी गराए। उक्त दिन राई समुदायको फेसन शो- पनि आयोजना गरिने छ।

संघका महासचिव आरके वालिङले सो कार्यक्रमलाई भव्यरूपमा सफल तुल्याउनको निम्ति भोजराज राईको अध्यक्षतमा आयोजक समिति पनि गठन गरेको अवगत गराए। सो दिन देशको विभिन्न भागमा रहेका राई समुदायका संस्थाहरूलाई पनि आमन्त्रित गरिने वालिङले थप जानकारी गराए। उनको भनाइ अनुसार, एसकेएम पार्टी सरकारमा आएपछि राई समुदायले सरकारको तर्फबाट विभिन्न प्रकारको सहयोग प्राप्त भइरहेको छ।

About Author

Advertisement