२५ वटा चियाकमानहरू उत्तर बंगालमा बन्द छन्

IMG-20240717-WA0003

सिलगढ़ी: पहाड़, डुवर्स एवं तराई गरी मोठ २५ वटा चियाबगानहरू बन्द अवस्थामा छन्। यसमध्ये ९ वटा चिया बगानहरू गत महिना मात्र बन्द भएका छन्।समस्या सबैभन्दा अधिक देशको चिया उद्योगको प्रतीक मानिने दार्जीलिङमा छ। यस वर्ष पूजा बोनसलाई लिएर सातवटा चिया बगान बन्द भएको छ। यस वर्षको प्रोडक्शन सीजन आगामी ३० नोभेम्बरदेखि समाप्त भइरहेको छ।वर्तमानमा बन्द भएका बगानहरूको सूचीमा अलिपुरद्वार जिल्लाका ढेकलापाड़ा, लंकापाड़ा, रामझोड़ा, दलमोर, कलचिनी, रायमट्यांग, दलसिंगपाड़ा, तोर्शा र महुआ सामेल छन् अर्थात अलिपुरद्वार जिल्लामा बन्द बगानहरूको संख्या हाल नौ छ। जलपाईगुड़ी जिल्लाका रायपुर र सोनाली चिया बगान बन्द छन् भने पहाड़मा धोतेरिया, रंगमुक देवदार, मुण्डाकोठी, नागरी, चोंगटोंग, पानीघट्टा, अम्बोटिया, सिंगताम, रिंगटोंग, पाण्डम, पेशाक, सुमक, कुमाई र लंगभ्यु बगान बन्द छन्। पहाड़मा मोठ १४ वटा बगानहरू बन्द छन्। दार्जीलिङका सांसद राजू बिष्टले केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयल तथा मुख्यमन्त्री ममता ब्यनर्जीलाई पत्र पठाएर बन्द बगानहरूमा हस्तक्षेप गर्ने माग गरेका छन्। दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनका महासचिव सुरज सुब्बाले भने, पहाड़मा हजारौं श्रमिकहरूको खतरामा छन्। मालिकहरूलाई बारम्बार भनिँदै आएको छ कि समस्या जे नै भए पनि चर्चाको लागि बाटो खुल्ला राखियोस्। भारतीय टी वर्कर्स यूनियनका चेयरम्यान औ अलिपुरद्वारका सांसद मनोज तिग्गाले भने, चिया बगानहरूप्रति राज्य सरकारको नीति सदैव उदासीन रहिआएको छ। बन्द चिया बगानहरूको संख्या बढ़्नाले उनी चिन्तित छन्। अर्कोतिर तृणमूल चिया बगान श्रमिक यूनियनको केन्द्रिय कमेटीका चेयरम्यान नकुल सोनारले भने, यसपालि सरकारले चिया बगानहरूको समस्यालाई चिन्हित गरी त्यसको समाधान गर्नेछ। यूनियनहरूको दाबी छ, केही बगानहरू यस्ता छन् जुन खोलिएपछि दुई-तीन वर्षदेखिको नयाँ मालिकहरूको अधिनमा छन्। उनीहरूलाई भूमिको पट्टा प्राप्त भएको छ। परिणामस्वरूप ती बगानहरू पनि बन्द हुने जोखिम कायम छ।

About Author

Advertisement