२५ भैँसीसहित बोकेका कन्टेनरसहित २ जना पक्राउ

6a648fe8-a725-4231-a62b-091c5f93e017

सिलगढी: विधान नगर थानाको पुलिसले फाँसीदेवा ब्लकको मुरलीगञ्ज चेक पोस्टमा छापा मारेर भैँसी बोकेको कन्टेनर सहित २ जनालाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि पुलिसले कन्टेनर नियन्त्रणमा लिएर खोजी गरेको थियो। त्यसैले कन्टेनरबाट भैंसीहरू बरामद गरियो। यस घटनामा पुलिसले २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूको नाम मोहम्मद साहिन (४२) असरुल हक (३५) रहेको छ। पुलिस स्रोतका अनुसार कन्टेनरबाट जम्मा २५ भैँसी बरामद भएको छ। उत्तर दिनाजपुर जिल्लाको दलखोलाबाट भैँसी तस्करीका लागि असम लगिएको पुलिसले जनाएको छ।

About Author

Advertisement