२४ घण्टाभित्रै चोरी भएको टोटो उद्धार, चोर पक्राउ

IMG_20221103_223233.jpg

सिलगढी: मतिगढा थाना पुलिसले टोटो चोरी भएको २४ घण्टाभित्रै टोटो उद्धार गरेको छ। टोटो चोरेर लैजाने आरोपीलाई पनि पुलिसले पक्राउ गरेको छ। यस घटनामा पक्रा परेका व्यक्ति कार्तिक साहाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत २ नोभेम्बरको राति मतिगढा थाना अन्तर्गत तारीजोत इलाकाबाट कोर्मू मालाकारको टोटो चोरी भएपछि तिनले मतिगढा थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले टोटो चोरी भएको २४ घण्टाको अवधिमा सिलगढीको परिवहन नगर इलाकाबाट आरोपी कार्तिक साहालाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि न्यायाधीशले ५ दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ।

About Author

Advertisement