२३ लाख तलब फिर्ता गर्ने प्राध्यापकको खातामा एक हजार नभएको पुष्टि, आफ्नो घोषणालाई भूल बताए

Prof-Lalan-Kumar

पटना: बिहारका सहायक प्राध्यापक लालन कुमारले दुई वर्ष ९ महिनाको तलबबापत प्राप्त गरेको २३ लाख रुपियाँ कलेज प्रशासनलाई फिर्ता गर्ने प्रस्ताव राखेका कारण उनी निकै चर्चामा आएका थिए। कलेजमा विद्यार्थी पढ्न नआउने भएकाले तलब लिनको हक नभएको उनको तर्क छ। तर अहिले प्राध्यापक लालन कुमारले उक्त भनाइबाट पछाडी फर्केका छन्। सरुवा नहुँदा दुःखी भएर असन्तुष्टिमा यस्तो अभिव्यक्ति दिएको उनको भनाइ छ। कलेजमा विद्यार्थी नआउने कुरा पनि गलत हो। अचम्मको कुरा के छ भने २३ लाखको चेक काट्ने लालनकुमारको ब्यांक खातामा एक हजारभन्दा कम मौज्दात रहेको छ। लालन कुमार बाबासाहेब भीमराव अम्बेडकर बिहार विश्वविद्यालयको नितिशवर सिंह कलेजमा कार्यरत छन्। प्राध्यापकले एमएका विद्यार्थीलाई पढाउन चाहेको तर विद्यार्थी नआएपछि पढाइ खेर गइरहेको बताइएको थियो। मङ्गलबार सहायक प्राध्यापक लालनकुमारले विद्यार्थी नआउने भन्दै विश्वविद्यालयका रजिष्ट्रारलाई निवेदनसहित दुई वर्ष ९ महिनाको तलबबापत करिब २३ लाखको चेक दिएका थिए, जसको निकै चर्चा भएको थियो। उनले कुल सचिव र प्रिन्सिपललाई लिखित निवेदन दिएका छन्, जसमा ६ पटक निवेदन दिएको स्पष्ट लेखिएको छ, तर अहिलेसम्म कुनै सुनुवाइ नभएकोले उनी दुःखी छन्।

केही निर्णय लिनसक्ने अवस्थामा नभएको निवेदनमा लेखिएको छ। भावनालाई नियन्त्रण गर्न नसकेर भावुक भई आफ्नो सम्पूर्ण पारिश्रमिकको चेक निवेदनसहित पेश गरे। सिनियरहरूले बुझाएपछि मैले यस्तो गर्नु हुँदैनथ्यो भन्ने बुझियो। नितिशवर कलेजका प्रिन्सिपल मनोज कुमारले कलेजमा विद्यार्थी नआउने कुरा नितान्त गलत भएको बताए। सरुवाको विषयमा उनले यस्तो कुरा भनेका छन्, ‘लिखित रुपमा स्वीकार गरेका छन्। अहिले विश्वविद्यालयले आफ्नो तहबाट यस विषयमा अध्ययन गरिरहेको छ। यस्तो काम सहि होइनl’ सोही क्रममा उक्त कलेजका हिन्दी पढेका विद्यार्थीहरूले हिन्दी नियमित रूपमा पढाइने गरेको पनि बताए। उनी आफै अनलाइन कक्षा सञ्चालन गर्थे। उसले किन त्यसो भन्यो थाहा छैन। अर्कोतर्फ सोही कलेजका हिन्दीका अतिथि शिक्षक डा अविनाशले विद्यार्थी नआउने यो सरासर गलत भएको बताए। ‘उसले किन यस्तो लेख्यो, बुझिनँ,’ उनले भने। तर, विद्यार्थी नआएको भन्दै तलब फिर्ता गर्न चेक दिएका प्राध्यापकले सरुवा नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। २३ लाखको चेक काटेका लालन कुमारको बैंक खातामा एक हजारभन्दा कम रकम रहेको छl

About Author

Advertisement