२३ राज्यमा भाजपाद्वारा प्रभारीहरू नियुक्त

BJP-Flag

नयाँ दिल्ली: लोकसभा चुनावपछि देशमा विधानसभाको चुनाव हुन लागेपछि आज भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले विभिन्न राज्यका प्रभारी र सह प्रभारी नियुक्त गरेका छन्। जसको नामावली पनि सार्वजनिक भएको छ। भाजपाले जारी गरेको सूची अनुसार बिहारको प्रभारी विनोद तावडे र सह प्रभारी दीपक प्रकाशलाई बनाइएको छ। जहाँ हरियाणामा प्रभारी डा. सतीश पुनिया र सह प्रभारी सुरेन्द्र सिंह नगर बनाइएको छ। पञ्जाबमा पार्टीले विजय भाइ रुपानीलाई प्रभारी बनाएको छ। जबकि सह प्रभारीको पद डा. नरेन्द्र सिंहलाई दिइएको छ। भाजपाले अशोक सिंघललाई अरुणाचल प्रदेशको पार्टी इन्चार्ज नियुक्त गरेको छ। छत्तीसगढमा नितिन नवीनलाई पार्टी प्रभारी बनाएको छ। आशिष सूदलाई गोवाको प्रभारी नियुक्त गरिएको छ। हिमाचल प्रदेशमा पार्टीले श्रीकान्त शर्मालाई प्रदेश प्रभारी र सञ्जय टण्डनलाई सहइन्चार्ज बनाएको छ। यसपटक कर्नाटकमा पार्टीले डा. राधामोहनदास अग्रवाललाई प्रभारी र सुधाकर रेड्डीलाई सह प्रभारी बनाएको छ। भाजपा अध्यक्ष जेपी नड्डाले भाजपा सांसद सम्बित पात्रालाई ठूलो जिम्मेवारी दिएका छन्। पार्टीले उनलाई पूर्वोत्तर प्रदेशको संयोजक बनाएको छ  जबकि सहसंयोजक थ मुरलीधरन बनेका छन्। भाजपा नेता तथा पूर्व केन्द्रीयमन्त्री प्रकाश जावडेकरलाई केरलाको प्रभारी बनाइएको छ।

About Author

Advertisement