अन्तराष्ट्रीय ओलम्पिक दिवस तयारीबारे बैठक सम्पन्न

IMG-20240617-WA0001.jpg

गान्तोक: सिक्किम ओलम्पिक एसोसिएसन र स्पोर्टस एसोसिएसनसँग आबद्ध संस्थाहरूलाई लिएर आगामी २३ जूनको दिन पालन गरिने अन्तराष्ट्रीय ओलम्पिक दिवस तयारीबारे आज एक बैठक सम्पन्न भयो। आज बसेको सभामा विशेष गरेर हालै प्रक़ृतिक प्रकोपको चपेटमा परि ज्यान गुमाउनेहरूको निम्ति दुई मिनटको मौन धारण गरिएको पनि संस्थाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ। यसरी नै गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानको चुनाउमा विजयी बनेका मुख्यमन्त्री प्रेम सिंह तामाङलाई संस्थाले बधाई दिएकोछ। सोही प्रकारले आगामी २३ जूनको दिन अन्तराष्ट्रीय ओलम्पिक दिवसलाई राज्यस्तरीयरूपमा पालन गर्ने विषयमा छलफल गरिएको बताइएको छ। उक्त दिन रक्तदान शिविर, खेलकूद गतिविधि साथै नागाल्याण्डमा सम्पन्न भएको तेस्रो नर्थ इस्ट खेलकूदमा पदक हासिल गर्ने राज्यका खेलाडीहरूलाई अभिनन्दन जनाउने पनि बैठकले निर्णय लिएको छ। सो कार्यक्रम राज्यको खेलकूद एवम युवा मामिला विभाग र सिक्किम ओलम्पिक एसोसिएशनको संयुक्त पहलमा आयोजना गरिने भएको छ। यस विषयलाई लिएर आयोजक समितिका अध्यक्ष कुबेर भण्डारीले यस वर्ष आगामी २६ जुलाईदेखि ११ अगस्तसम्म पेरिसमा ओलम्पिक आयोजना गरिने भएको छ। यस अवसरमा सिक्किम फुटबल एसोसिएसनको आफ्नो वार्षिक रिपोर्ट पनि सार्वजनिक गरेको छ। बैठकलाई अर्जुन पुरस्कारले सम्मानित जसलाल प्रधानर कार्यकारी सदस्य साङ्गे लेप्चाले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement