२३ अप्रेलसम्मको लागि बढ़याे अरविन्द केजरीवालको न्यायिक हिरासत

ed-2_1711622495.jpg

नयाँ दिल्ली: दिल्लीको राऊज एभेन्यू कोर्टले दिल्ली आबकारी घोटाला मामिलामा पक्राउ गरिएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासतमा आगामी २३ अप्रेलसम्मको लागि बढ़ाइदिएको छ। स्पेशल जज कावेरी बावेजाले सो आदेश दिइन्।

आज केजरीवालको न्यायिक हिरासत समाप्त भइरहेको थियो जसले गर्दा उनलाई भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट कोर्टमा पेश गरियो।

उल्लेखनीय छ, कोर्टले केजरीवाललाई गत १ अप्रेलमा आजसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो। गत २८ मार्चमा कोर्टले केजरीवाललाई १ अप्रेलसम्मको लागि ईडीको हिरासतमा पठाएको थियो। २८ मार्चमा भएको पेशी अवधि केजरीवालले भनेका थिए, यो राजनीतिक षड़यन्त्र हो जसको जनताले जवाफ दिनेछन्।

केजरीवाल स्वयंले आफ्नो कुरा कोर्टमा राख्दै भनेका थिए, असली घोटाला त ईडीको जाँचपछि शुरू भयो। ईडीको उद्देश्य आम आदमी पार्टीलई मास्नु हो। केजरीवालले भनेका थिए, ईडीको उद्देश्य स्मोक क्रिएट गर्नु थियो कि आम आदमी पार्टी भ्रष्टाचारी हो। ईडीको दोस्रो उद्देश्य आर्जन गर्नु हो। उनले भनेका थिए, यस मामिलामा शरद रेड्डीले पक्राउपछि भाजपालाई 55 करोड़ रुपियाँ दिए। भाजपालाई इलेक्टोरल बण्डको रूपमा पैसा दिएपछि शरद रेड्डीलाई जमानत प्राप्त भयो।

उल्लेखनीय छ, गत २१ मार्चमा दिल्ली हाई कोर्टबाट अरविन्द केजरीवाललाई पक्राउदेखि संरक्षण प्राप्त नभएपछि ईडीले त्यै साँझ केजरीवाललाई जाँचबुझ गरेपछि पक्राउ गरेको थियो। २७ मार्चमा हाई कोर्टले केजरीवाललाई कुनै पनि राहत दिन अस्वीकार गरेको थियो। हाई कोर्टले २८ मार्चमा केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउने याचिकालाई खारेज गरिदिएको थियो।

About Author

Advertisement