२३औं मुख्यमन्त्री गोल्ड कप पारम्पारिक आर्चेरी प्रतियोगिता तयारीबारे विधायक लेप्चाले गरिन् निरीक्षण

IMG-20250331-WA0317

गान्तोक: नाथाङ माछोङ निर्वाचन क्षेत्रकी विधायक,एवम महिला, बाल , वरिष्ठ नागरिककी सल्लाहकार पामिन लेप्चाले आगामी दिनमा पाकिम जिल्लामा आयोजना हुने २३औ मुख्यमन्त्री गोल्ड कप पारम्पारिक आर्चरी प्रतियोगिता तयारीबारे समीक्षा सभा आयोजना गरिन्।विशेष गरेर पाकिम जिल्ला अन्तर्गत कार्थोकमा आयोजना गरिने २३औं मुख्यमन्त्री गोल्ड कप आर्चेरी प्रतियोगिताबारे जानकारी गराउँदै विधायक लेप्चाले तोकिएका कार्यहरूको प्रगतिको बारेमा जानकारी लिइन्। यसका साथै विधायक लेप्चाले विभिन्न विभागहरू र आयोजक समितिलाई थप निर्देशन दिइन्, जसमा नाली निर्माण, सडक सफा गर्ने, विद्युतीय आपूर्ति, बस्ने व्यवस्था, पानी आपूर्ति, गेट स्थापना, पारम्पारिक घर, ट्राफिक र पार्किङ व्यवस्थापन, साथै ध्वनि प्रणाली र सांस्कृतिक कार्यक्रमहरू समावेश रहेको छ। उक्त कार्यक्रमको निम्ति आयोजित विभिन्न प्रतियोगिताको महत्त्वलाई जोड दिँदै विधायक पामिन लेप्चाले यसको सहजरूपमा कार्यान्वयन गर्नको लागि सक्रियरूपमा संलग्न हुन र समन्वय सबैलाई आग्रह गरिन्। उक्त कार्यक्रम तयारीको निम्ति सीट व्वस्था,सर सफाई सुविधा लगायत अन्यको मूल्याङकन गर्दै कार्यक्रम स्थलको निरीक्षण गरिन्।

About Author

Advertisement