२० करोड रुपियाँको रक्सी चोर्ने मोडल पक्राउ

Priscila-Lara-Guevara-

चार देशको पुलिसलाई खोज्न नौ महिना लाग्यो

रेष्टुरेन्टबाट रक्सी चोरेको आरोपमा एक मोडल पक्रा परेकी छन्। चोरी भएको रक्सीको मूल्य करिब २० करोड रुपियाँ (१.६ मिलियन युरो) रहेको छ। २९ वर्षीया मोडललाई उनका एक साथीसहित पक्राउ गरिएको छ। पुलिसका अनुसार पहिलो पटक चोरीको खोजी गरिएको थियो। मोडलको नाम प्रिसिला लारा ग्वेरा हो। उनी मेक्सिकोकी बासिन्दा हुन्। उनी हालै रोमानियाली-डच पार्टनरसँग रक्सी चोरीको आरोपमा पक्राउ परेकी छिन्। गत वर्ष अक्टोबरमा उनले क्रोएसियाको एक लक्जरी रेस्टुरेन्टबाट १.६ मिलियन युरो मूल्यको उच्च गुणस्तरको रक्सी चोरेको आरोप छ।

प्रिसिला मेक्सिकोमा मिस अर्थ–२०१६ पनि बनिसकेकी छिन्। उनलाई मेक्सिकन ‘ब्युटी क्वीन’ पनि भनिन्छ। अहिले उनी चोरी मुद्दामा पक्राउ परेपछि चर्चामा छन्। ‘डेलीमेल’को रिपोर्टअनुसार प्रिसिला र उनका सहयोगी ४५ बोतल मूल्यवान रक्सी र १९औं शताब्दीको दुर्लभ रक्सीको बोतल चोरेको आरोपमा पक्रा परेका छन्। रेष्टुरेन्टमा भान्साको सेवा बन्द भएपछि उनले वेटरलाई अर्डर गरेर अलमल पारे र मास्टर चाबीले गोप्य रूपमा दैलो खोलेर रक्सी गोदाममा प्रवेश गरेको आरोप छ। त्यहाँ उनीहरूले महँगो बोतलहरू आफ्नो झोलामा भरेर रेष्टुरेन्टबाट निस्किएर फरार भए। सीसीटीभीमा उनी होटलबाट बाहिरिने क्रममा झोला बोकेर हिँडेको देखियो। चोरीको घटनापछि खलबली मच्चियो। स्पेनिस, डच, क्रोएसियाली र रोमानियाली पुलिसका साथै प्रिसिला र उनको सहयोगीलाई खोज्न इन्टरपोलको सहयोग लिइएको थियो। अन्ततः सीमा पार गर्ने क्रममा क्रोएसियाली पुलिसले उनीहरूलाई समात्यो। हाल सुपुर्दगीको प्रक्रिया बाँकी छ। रिपोर्टका अनुसार ती जोडी क्रोएसियामा बस्दै आएका थिए। उनीहरूलाई अब स्पेन सुपुर्दगी गरिने भएको छ।

About Author

Advertisement