२०२४ भाजपाले आफ्नो वचन पूरा नगरे, दार्जीलिङबाट पत्ता साफ हुनेछ: अजय एडवार्डस

IMG-20220906-WA0166.jpg

दार्जीलिङ: भाषा र जातिको संघर्षमा हाम्रो पार्टी कान्छा भाइ भएर खडा हुनेछ भन्ने पार्टी अध्यक्ष अजय एडवार्डसले पूनः दोहोराएका छन्। गोर्खा जनमुक्ति मोर्चाले छुटटै राज्य गोर्खाल्याण्डको मुद्वा बारे सरकारलाई दबाव बनाउँन आगमी १० र ११ सेप्टेम्बर दुई दिवसीय सेमिनारको आयोजना गरेको छ अनि उक्त सेमिनारलाई गोर्खा जनमुक्ति मोर्चाले लक्ष्य गोर्खाल्याण्ड नाम दिएका छन्। आयोजित दुई दिवसीय सेमिनारमा गोजमुमोले हाम्रो पार्टीलाई पनि निम्ताएको हुनाले पार्टी अध्यक्ष अजय एडवार्डसले उक्त सेमिनारमा पार्टीले अंशग्रहण गर्नेछ भन्ने जनाए। भाषा र जातिको मुद्धामाथि हाम्रो पार्टी इमान्दार रहेको अध्यक्ष एडवार्डसले बताए। भाषा र जातिको मुद्धामाथि कसैले पनि कार्यक्रमहरूको आयोजना गरेको खण्डमा हाम्रो पार्टीले उक्त कार्यक्रममा कान्छो भाइ भएर अवश्य अंशग्रहण गर्नेछ। हाम्रो पार्टी भर्खर १० महिनाको भएको छ तर पनि भाषा र जातिको मुद्धामाथि हाम्रो पार्टीले गर्नुपर्ने कार्यहरू गर्दै आइरहेको छ, तर अन्य राजनैतिक दलहरूको तुलनामा हाम्रो पार्टीको कार्य गर्ने तारिक अलग रहेको अध्यक्ष एडवार्डसले दोहोराए। गोर्खा जातिको मुद्वामाथि हाम्रो पार्टी इमान्दार छ अनि यो कुरा हामीले कार्य रूपमा पनि बताउँदै आइरहेका छौँ। गोर्खा जातिको मुद्वालाई प्रभावशाली बनाउनु हो भने सर्वप्रथम हामीले हाम्रो पोलिटिकल करेन्सी बडाउनु जरूरी रहेको अध्यक्ष एडवार्डसले बताए। हाम्रो पोलिटिकल करेन्सी कमजोर भएको कारणहरूले गर्दा आजसम्म गोर्खाहरूले न्याय पाउन सकेको छैन तिनले बताए। आउने दिनहरूमा निर्वाचन आयोग एंव सम्बन्धित विभागले देशभरी नै डिमार्केसन गर्ने योजना तयार गरिएको सुन्नमा आउँदैछ त्यस विषयलाई लिएर हामीले काम गर्न जरूरी छ अध्यक्ष एडवार्डसले भने।अब हुने डिमार्केशनमा हामीले गोर्खा बहुदलीय क्षेत्रहरूलाई लिएर दुईवटा लोकसभा सांसदीय क्षेत्र बनाउँन सक्यौ भने हाम्रो पोलिटिकल करेन्सी वृद्वि भएर जानेछ अध्यक्ष एडवार्डसले भने। हाम्रो युगौ पुरानो मांगलाई फते गर्नु हो भने सर्वप्रथम हामीले हाम्रो पोलिटिकल करेन्सीमा वृद्धि ल्याउन जरूरी छ अध्यक्ष एडवार्डसले पूनः दोहोऱ्याए। भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा दार्जीलिङ एंव गोर्खाहरूको दीर्धकालिन मांगलाई स्थायी राजनैतिक समाधान गर्ने साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गर्ने लिखित वाचा गरेका छन्। भाजपाले स्थायी राजनैतिक समाधान के हो भन्ने विषय माथि अझसम्म खुलासा गरेको छैन।२०२४ अघि भाजपाले आफ्नो वाचा पूरा गऱ्यो भने त्यो अति नै राम्रो हो तर २०२४ को लोकसभा चूनाव अघिसम्म पनि पुरा नगरेको खण्डमा दार्जीलिङबाट भाजपाको पत्ता साफ हुनेछ अध्यक्ष एडवार्डसले भने। बंगालमा भाजपाको खाता खोल्ने दार्जीलिङ नै हो यदि भाजपाले २०२४ को चुनाव अघि आफ्नो पुरा गरेनन भने म लेखेर दिन्छु दार्जीलिङबाट भाजपाको पत्ता साफ हुनेछ। तर भाजपाले आफ्नो वचन पुरा गऱ्यो भने दार्जीलिङमा भाजपाको जीतलाई कसैले रोक्न सक्ने छैन अध्यक्ष अजय एडवार्डसले भने।

About Author

Advertisement